देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बजेट वक्तव्य २०७७/०७८ के बढ्यो , के घट्यो यसपाली

0

(काठमाडौं) – सरकारले आर्थिक बर्ष २०७७/०७८ का लागि करिब पौने १५ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय संसदको संयुक्त बैठकमा बिहिवार सो बजेट वक्तव्य सार्वजनिक गरेका हुन् ।

डिजेल पेट्रोल, मट्टितेल र सुनको भन्सार महशुल बढाएको छ । बिहीबार आव २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

इन्धनमा खाना पकाउने ग्यास र हवाई इन्धनबाहेक डिजेल, पेट्रोल, मट्टितेल र सुन तथा सुनको गहनाको भन्सार महशुलमा सामान्य वृद्धि गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

सरकारले विदेशबाट आयात हुने सुनको मूल्यमा भन्सार बढाएको छ । जसको कारण सुनको मूल्य बढ्ने छ । अर्थमन्त्री खतिवडाले सुनको भन्सार दर प्रति १० ग्राम २ हजार रुपैयाँले बढाएका छन् । जसको कारण सुनको मूल्य बढ्ने छ ।

यस्तै सरकारले खाना पकाउने एलपी ग्यास र हवाई इन्धन बाहेक पेट्रोल र डिजेल र मट्टितेलमा लाग्ने कर बढाएको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको हुँदा राजस्वको बढाउनको लागि पेट्रोलिमय पदार्थको कर बढाइएको हो । यसले उपभोक्ताले अन्तराष्ट्रिय बजारमा घटेको मूल्यको लाभ भने लिन पाउने छैनन् ।

यो पटक बजेट मार्फत रक्सी र चुरोटमा लाग्ने कर बढाइएको छ । जसको कारण रक्सी र चुरोटको मूल्य बढ्नेछ ।

सरकारले यो पटकको बजेटमा सवारीसाधनको करहरुमा परिवर्तन गरेको छैन । जसको कारण सवारीसाधनको मूल्य परिवर्तन हुने छैन । यसबाहेक सरकारले एक दर्जन वस्तुमा लाग्ने अन्तशुल्क घटाएको छ ।

उद्योगले आयात गर्ने कच्चा पदार्थ र तयारी वस्तुको अन्तर केही कमी भएको छ । जसले गर्दा विदेशबाट आयात हुने केही वस्तुहरुको मूल्य बढ्ने छ ।

सामुदायिक बनले बिक्री गर्दा लिदै आएको १५ प्रतिशत बन पैदावार शुल्क खारेज भएको छ । यसले केही मात्रामा भएपछि फर्निचरको मूल्य घटाउन भने सहयोग गर्ने छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार