देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बझाङमा जीप दुर्घटना : ७ जनाको ज्यान गयो, १८ जना घाइते

0

काठमाडौं – बझाङमा बुधवार दिउँसाे भएको जीप दुर्घटनामा सात जनाको ज्यान गएको छ ।

आज दिउँसो मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकाको केन्द्रका लागि छुटेको जीप दुर्घटनामा अरू १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले जानकारी दिए ।

घाइतेहरूको जिल्ला अस्पतालमा बझाङमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैजसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

ज्यान गुमाउनेहरूमा मष्टा गाउँपालिका वडा नम्बर २ की १३ वर्षकी सम्झना खड्का, २५ वर्षका रोशन खड्का, ११ वर्षका प्रचण्ड खड्का, २८ वर्षकी वसन्ती धामी, ३८ वर्षका वीरेन्द्र अधिकारी, सात महिनाकी बालिका दक्षिका कठायत र मष्टा गाउँपालिकामा रहेको राष्ट्रिय वाणिज्य बैंकमा सेक्युरिटी पदमा कार्यरत झरेन्द्र बोहराको पहिचान खुलेको छ । एक जनाको पहिचान खुल्न बाँकी छ ।

बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको सु प प्र ०१–००१ च ११७ नम्बरको जिप तुफानडाँडामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइतेमध्ये मष्टा गाउँपालिका १ का ३६ वर्षका सिंहबीर बुढाको अवस्था गम्भीर रहेको छ । ५० वर्षीया सिन्कीदेवी भण्डारी, ६३ वर्षका मणिबहादुर सिंह र १० वर्षीय बालक विशाल खड्कालाई रिफर गरिएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार