देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बनेपाका मेयर वादेद्वारा एमाले परित्याग

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादेले नेकपा एमाले पार्टि परित्यागको घोषणा गरेका छन् ।

आगामी बैशाख ३० गते हुने निर्वाचनमा पनि मेयरको उम्मेदवारको आकांक्षी रहेका वादेले एमालेले नगर इन्चार्ज रत्नकुश रञ्जितकारलाई उम्मेदवार बनाएपछि पार्टि परित्याग गरेका हुन् ।

शनिबार पत्रकार सम्मेलन गरेर मेयर वादेले आफुले मात्र नभइ आफ्नो परिवारले नै पार्टी परित्याग गरेको बताए । उनका अनुसार पार्टीमा परिवारका सदस्यसहित ४ जना संगठित सदस्य छन् ।

नेता गोकुल बाँस्कोटाको चर्को आलोचना गरेका उनले भने, ‘मैले बनेपाको एमाले करण गरेको थिएँ । अब यहाँ बसिरहनु आफ्नो सम्मानका लागि घात पर्छ भन्ने सोचेर म र मेरो परिवारका सदस्यहरु साधारण सदस्यबाट समेत राजीनामा दिएको जानकारी दिन चाहन्छु ।’

उनले सोमबार कार्यालय खुले लगत्तै बनेपाको मेयरबाट पनि राजीनामा दिने बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार