देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बबिनालाई टुनामुना लगाउदै बैकुण्ठ गायक प्रधान

0

काठमाडौ –  सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी बबिना भट्टराईको अफिसियल युट्व च्यानल र इमेज एफ.एम. ९७.९ मा हरिराम पौडेलले संचालन गर्ने कार्यक्रम मेची देखि महाकाली सम्म बाट एक साथ टुनामुना सार्वजानिक भएको छ ।

टुनामुना पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराईको स्वर तथा  संगीतमा सार्वजनिक भएको छ भने टुनामुना गीतका शब्दहरु पनि बबिना भट्टराई कै रहेका छन् ।

उक्त गीतको एरेन्ज महाराज थापाले गरेका छन् भने  मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीले रेकर्डिङ गरेका उक्त गीतको भिडियो ड्रगन पिक्चर्स द्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा चर्चित कलाकार बुद्धि तामाङ संग बबिना आफैले अभिनय गरेकी छिन् । भिडियोमा बुद्धि र बबिनाको अभिनय जीवन्त रहेको छ । केशवराज भट्टको निर्देशन र कोरियोग्राफी रहेको उक्त भिडियोको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन् ।

बबिना भट्टराईको शब्द, संगीत र स्वर रहेको गीतमा आफूले स्वर दिन पाएकोमा आफू खुसी अनि आनन्दित भएको बताउँछन् टुनामुना का गायक बैकुण्ठ प्रधान । विगत वर्ष देखि बबिना संगको सहकार्यमा गीत संगीत र भक्ति संगीतमा सहकार्य गर्दै आइरहेका उनी बबिना भट्टराईको संगीत कला र गला अनि काम गर्ने शैलीले आँफू प्रभावित भएको र आगामी दिनहरुमा पनि बबिना संगको सहकार्यमा गीत तथा भजनहरु दर्शक, श्रोता माझ ल्याउने उनले इमेज एफ.एम. ९७.९ मा हरिराम पौडेल संगको अन्तर्वार्ता मार्फत बताएका छन् ।

बैकुण्ठ प्रधान संगको सहकार्य सहज र सरल भएको बताउने बबिना आध्यात्मिक व्यक्तित्व बैकुण्ठको गीत तथा भजनहरु प्रतिको लगावलाई सम्मान गर्दै आगामी दिनहरुमा बैकुण्ठ प्रधान संगको सहकार्यमा अझ सुमधुर र कर्णप्रिय गीत तथा भजनहरु दर्शक, श्रोता माझ ल्याउने बताउँछिन् ।

भिडियो हेर्नुहोस् !
https://www.youtube.com/watch?v=bn2BcNaxMjI&ab_channel=BabinaBhattarai

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार