देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बम विष्फोटन कार्यमा संलग्न एक पक्राउ

0

(काठमाडौं) – बम विष्फोटन कार्यमा संलग्न रहेको अभियोगमा झापाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका ४ पाँचगाछीका ३७ वर्षीय याम कुमार गिरीलाई शुक्रबार बेलुका प्रहरीले काठमाडौं तिनकुनेबाट पक्राउ गरेको छ ।

झापा बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयको निर्माणाधिन भवनमा भदौ २३ गते गिरी समेतका व्यक्तिहरुले बम विष्फोटन गराएको अभियोगमा फरार गिरीलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार