देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘बयलगाडेहरुको हातमा संविधान सुरक्षित छैन’- डा. भट्टराई

0

काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित नरहेको बताएका छन् ।  संविधान दिवसको सेरोफेरोमा सामाजिक सञ्जालमार्फत डा। भट्टराईले प्रधानमन्त्रीलाई लक्षित गर्दै गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरुको हातमा संविधान सुरक्षित नरहेको टिप्पणी गरेका हुन्।

उनले संविधान दिवसमा सबैले सम्झनुपर्ने कुराहरु भन्दै आफ्ना तीन बुँदे धारणा ट्विटरमा लेखेका छन्। पहिलो बुँदामा उनी भन्छन्, ‘संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन् । अरू धाइ, सुसारे, पण्डा, नर्तकी, तमासे हुन्।’

त्यस्तै दोस्रो बुँदामा भट्टराईले प्रधानमन्त्रीलाई लक्षित गर्दै भनेका छन्, ‘गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित छैन।’‘अपांग शिशुको उपचार र रक्षा गरौँ’, तेस्रो बुँदामा उनले भनेका छन्।

संविधानसभाको जगको रुपमा हेरिएको २०६२र६३ को आन्दोलनमा गणतन्त्रको नारा लाग्दा ओलीले ‘बयल गाडा चढेर अमेरिका जाने चेष्टा’ भनि आन्दोलनलाई व्यंग्य गरेका थिए। तथापि तत्कालीन एमाले अध्यक्षको हैसियतमा ओलीकै अडानका कारण संविधान जारी भएको थियो, जसप्रति भट्टराई सहमत थिएनन्।

उक्त दुवै प्रसंगलाई जोड्दै भट्टराईले ‘गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित छैन’ भनि टिप्पणी गरेका हुन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार