देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बरहथवा घटनाको छानबिन गर्न तीन सदस्यीय समिति, मृतक परिवारलाई १० लाख रुपैयाँ दिने

0

काठमाडौं – सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शनका क्रममा मानवीय क्षति भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शनिबार विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए।

समितिको सदस्यमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी छन्।

शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका-५ मा प्राथमिक स्वास्थ्यकेन्द्रको विषयमा विवाद हुँदा स्थानीय बासिन्दाले गरेको प्रदर्शनमा गोली लागेर बरहथवा-६ का अन्दाजी ३० वर्षका जयशंकर साहको मृत्यु भएको थियो।

मृतक परिवारलाई १० लाख रुपैयाँ दिने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएकाे गृह मन्त्रालयले जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार