देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

0

मध्यबिन्दु/काठमाडौं – बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको आज बुधबार निधन भएको छ । हृदयघातका रोगी शर्माको ७२ बर्षको उमेरमा उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । नेपाल टेलिभिजनको महाप्रवन्धक भएर काम गरिसकेका शर्माको वि.सं. २००४ सालमा इलामको फिक्कलमा जन्म भएको थियो ।

गोरखापत्रबाट पत्रकारिता शुरु गरेका उनले रेडियो नेपाल, नेपाल टेलिभिजन हुँदै विभिन्न टेलिभिजनहरुमा समेत काम गरेका थिए । नेपाल टेलिभिजनको पहिलो समाचार बाचक शर्माले नेपाल टेलिभिजनमा मात्रै झण्डै २५ बर्ष काम गरे ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्ठी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार