देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘बरु राजनिती छोडेर घरै बस्छु’ – नेता पौडेल

0

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू राजनीति छोडेर घरै बस्ने चेतावनी दिएका छन् । आफ्नो समूहबाट पार्टीको १४औँ महाधिवेशनमा साझा उम्मेदवार चयन गर्न नेताहरुले नमानेपछि आफू राजनीति छोडेर घरै बस्ने चेतावनी दिएका हुन् ।

सभापतिकै आकांक्षी प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा नेताहरु टसमस नभएपछि पौडेलले यस्तो बताएको नेता रामशरण महतले जानकारी दिए ।

‘प्रकाशमान आफैं लड्छु भन्ने, शेखर कोइराला पनि आफैँ लड्ने कोही छोड्न मान्दैनन् । उता रामचन्द्र पौडेल यी दुई लडे भने म पार्टीबाटै बिदा हुन्छु । घरै बस्छु, राजनीतिबाटै सन्यास लिने खालको कुरा गरिरहेका छन्,’ महतले भने ।

यो समूहमा पौडेल र शशांक कोइरालाले भने सहमतिका लागि आफू अडान छोड्न तयार रहेको बताइसकेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार