देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बर्दिमा रहेको प्रहरीले नै मोबाइल चोरेपछी …..

0

काठमाडौं – कैलालीमा प्रहरीले नै मोबाइल चोरी गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बडुवालले धनगढीस्थित ग्लोबल मोबाइल ग्यालरीबाट मोबाइल चोरी गरेका हुन्।

लागूऔषधको कारोबार भैरहरेको सूचनाको आधारमा ग्यालरी पुगेको प्रहरीको टोली मध्येका प्रहरी हवल्दार माल र जवान बडुवालले मोबाइल चोर्दै गरेको भिडियो पसलको सिसिटिभीमा कैद भएपछी यो सुचना बाहिर आएको हो।

धनगढीको ट्राफिक चौराहामा रहेको ग्लोबल मोबाइल ग्यालरीबाट प्रहरीले मोबाइल चोरी गरेको पसल सञ्चालक सुवास रावलले बताए।

मोबाइलको खाली डब्बा देखेपछि सिसी टिभी क्यामेरा हेर्दा प्रहरीले नै मोबाइल चोर्दै गरेको देखेपछि चोरीमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दिएको उनले बताए। उनले पसलबाट पोको एम थ्री प्रो २८ हजार पर्ने र एमआई नाइन ए १३ हजार पर्ने मोबाइल चोरी गरेको बताए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले भिडियो सहित निवेदन आएपछि छानबिन भइरहेको बताए। उनले घटनामा संलग्न प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बडुवालबाट मोबाइल बरामद गरिएको र चोरी मुद्दामा अनुसन्धान भइरहेको बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार