देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बलात्कारका घटनामा मिलापत्र गराउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

0

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटनामा मेलमिलाप गराउने, पञ्चायती बस्ने कार्यमा संलग्नहरुलाई पनि मतियारको रुपमा पक्राउ गरी कारवाही गर्न मातहतका निकायलाई आफूले निर्देशन दिईसकेको बताएका छन् ।

बलात्कारका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै सोमबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन पुगेको अखिल नेपाल महिला संघका प्रतिनिधिमण्डल र बझाङ जिल्लाका जनप्रतिनिधिमण्डलसँगको संयुक्त भेटमा गृहमन्त्री थापाले बलात्कार जस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठूलो अपराध भएको टिप्पणी गरे ।

बलात्कार जस्तो घटनामा मिलापत्र गराउनेहरुलाई कारबाहीको सुनिश्चितता विद्यमान कानूनले गरेको बताउँदै उनले आवश्यक परे थप कडा कारबाहीको प्रावधान राख्न कानून संशोधन गरिने समेत बताए ।

सो क्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बलात्कार घटनामा संलग्न अधिकांश आरोतिहरुलाई प्रहरीले पकाउ गरिसकेको जानकारी दिँदै मिलाउपत्र गराउने कार्यमा संलग्न समेतलाई कारबाही अघि बढाईएको बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार