देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बलात्कारको आरोपमा पुरुष फसाउन खोज्ने महिलालाई साढे ३ वर्ष जेल

0

सुर्खेत – आफूलाई एक सरकारी जागीरेबाट पटक पटक बलात्कार भएको भन्दै झुटो उजुरी दर्ता गराउने एक महिलालाई साढे तीन वर्ष कैद सजाय सुनाइएको छ । वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला सुनाएको हो ।

सोमवार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले जानकारी दिए । स्रेस्तेदार बाँस्कोटाका अनुसार वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी थिइन् ।

प्रहरीमा दिएको उजुरी र बयानका क्रममा पनि आफूमाथि बलात्कार भएको भन्दै आएकी महिलाले एक्कासी अदालतमा बयान फेरेपछि आरोपित लेखापाल शर्मा निर्दोष सावित भएका थिए । बयान फेरिएपछि ती महिलाको झुटो बयानलाई आधार मान्दै लेखापाल शर्माको मान हानीसमेत भएको अदालतले ठहर गरेको छ । ती महिलालाई तत्काल पक्राउ गरी कारागार चलान गर्न पनि अदालतले प्रहरीलाई पत्राचार गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार