देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बलिउड अभिनेत्री कृती सेननलाई कोरोना पुष्टि

0

काठमाडौं – बलिउड अभिनेत्री कृती सेननलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । सामाजिक संजालमा स्टाटस लेख्दै उनले आफूलाई कोरोना पोजिटिभ देखिएको उल्लेख गरेकी छिन् ।

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र डाक्टरको सल्लाह अनुसार आफू घरमै आइसोलेसनमा रहेको उनले जानकारी दिएकी छिन् । उनी चण्डीगढमा अभिनेता राज कुमार रावसँग आफ्नो नयाँ चलचित्रको छायांकनमा थिइन् ।

कोरोना पोजिटिभ देखिएपछि उनी मुम्बई फर्किएकी थिइन् । गत आइतबार मात्रै उनले सामाजिक सञ्जालमार्फत छायांकन सकाएर मुम्बई फर्किरहेको जानकारी दिएकी थिइन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार