देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बलेफीमा व्यक्तिगत विवादलाई राजनितिकरण गरियो काँग्रेस

0

सिन्धुपाल्चोक – वलेफी गाउँपालिकाको आसन्न स्थानीय तह निर्वाचनको चुनावी प्रचारमा जाने क्रममा झडप भएको भन्ने समाचारप्रति नेपाली काँग्रेस बलेफी-१ ले आपत्ति जनाएको छ ।

नेपाली काँग्रेस बलेफी-१ का वडा अध्यक्षका उम्मेदवार हुप बहादुर खड्काले शुक्रबार एक विज्ञप्ति जारीगर्दै सामान्य व्यक्तिगत लेनदेनको बिषयलाई राजनितिकरण गरेको बताएका छन् ।

यस्तो छ विज्ञप्ति –

आज मिति २०७९-०१-२३ गतेको दिन बलेफी १ मा भयको सामान्य झगडा जुन नितान्त ब्यक्तिगत झगडा हो।जसलाई अनेरास्ववियुका साथिहरुले तोडमोड गरि नेपाली कांग्रेस र हाम्रा तरुण साथीहरूको समेत नाम जोडी राजनितिकरण गरि नेपाली कांग्रेसको हाम्रा तरुण साथीहरूलाई नियोजित ढंगले फसाउन खोजेको कुरा सम्पुर्ण माझ जानकारी गराउन चाहन्छौ।

नेबि संघ यस्ता घृणित कुटनिती प्रती आपती जनाउन चाहन्छौ।र हिमाली न्युज ले लेखेको सरसामान तथा मोबाइल हरायको जुन गलत खबर सम्प्रेषण गरेको छ यस्ता ऐकतर्फी समाचार हरु सम्प्रेषण नगर्न आग्रह गर्दछौ।किन भने जुन घटनाको प्रत्यक्ष दर्सी म स्वयम छु।हाम्रै तरुण साथीहरूले सो घटना लाई नियन्त्रण गरि आ आफ्नो ठाउँमा पथायको हो त्यति बेला घाइते भनियको अमृत थापा गाडीमा बसि फोनमा कुरा गर्दै फर्केको थियो।र यस्ता गलत कुतनिती र तरुण साथिहरु फसाउन खोज्ने घृनित योजना प्रती नेपाल तरुन दल र ने वि संघ घोर भर्त्सना गर्दछौ। 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार