देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बसको ठक्करबाट भक्तपुरमा एकको मृत्यु

0

(भक्तपुर) – बसको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु भएको छ । भक्तपुरको कमलविनायकमा बसले पैदलयात्रु र मोटरसाइकललाई ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको हो । दुई जना घाइते भएका छन् ।

मंगलबार बेलुका बा ४ ख ६०७ नम्बरको बसले दुई जना पैदलयात्री र बा ७० प ६१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे डाँडाबारी ३ का २० वर्षीय विकास तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भक्तपुर गुण्डुका विशाल तामाङ र मोटरसाइकल चालक कागेश्वरी मनहरा १ का प्रकास सुनुवारको मध्यपुर अस्पतालमा उपचार भैरहेको छ । बस चालकलाई भने प्रहरीले पक्राउ गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार