देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बस र माईक्रो चलेपनि ट्याक्सी र निजी सवारी चलाउन नपाइने

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीमा लागू गरिएको जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको छ ।

शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा आज मध्यरातदेखि लागू हुने गरी सार्वजनिक सवारी (बस, टेम्पो र माइक्रोबस)मा जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

बैठकले सार्वजनिक सवारीमा जोर-बिजोर प्रणाली हटाएपनि ट्याक्सी र निजी सवारी साधन भने उक्त प्रणाली यथावत नै रहेको छ । ट्याक्सी र निजी सवारीलाई साबिककै जोर बिजोर प्रणाली लागू हुने शुक्रबार जारि आदेशमा भनिएको छ ।

आदेश पत्रमा ग्याँस, पेट्रोलियम पदार्थ, निर्माण सामाग्री बोक्ने सवारी साधनमा जोर-बिजोर प्रणाली लागू हुने छैन ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार