देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बहराइनमा एकैदिन ७७ जना नेपालीमा कोरोना संक्रमण भएको पुष्टि

0

(एजेन्सी ) –  बहराइनमा मंगलबार  ७७ जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  । यससँगै बहराइनमा कोरोना संक्रमित नेपालीहरुको संख्या कुल १२६ पुगेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

बहराइन स्थित नेपाली दूतावासका अनुसार यो तथ्यांक २८ अप्रिल (मंगलबार) दिउँसो १२ बजेसम्मको हो । कोरोना संक्रमितको संख्या बढ्दै गएपछी दूतावासले कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै  कर्मचारीहरुको नाम र फोन नम्बर सार्वजनिक गरेको छ ।

अहिलेसम्म बहराइनमा १ लाख २१ हजार २ सय ६० जनामा कोरोना भाइरस संक्रमणको  परीक्षण गरिएको थियो । हालसम्म बहराइनमा १ हजार ५ सय ५६ जना संक्रमण पुष्टि भएको छ ।

बहराइनमा हालसम्म कोरोना संक्रमणकै कारण ८ जनाको मृत्यु भएको छ भने २ जनाको अवस्था चिन्ताजनक छ । उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ हजार २ सय ४६ छ ।यसैबीच बहराइन सरकारले अवैधानिक कामदारको हकमा ३१डिसेम्बर २०२०सम्म माफी दिने निर्णय गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार