देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बहिनी नाता पर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा वडा अध्यक्ष जेल चलान

0

कालिकोट – जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष  जगधिश शाही पूर्पक्षका लागि जेल चलान भएका छन् । किशोरीलाई बलात्कार आरोमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले कारागार चलान गर्ने निर्णय गरेको हो ।अदालत स्रोतका अनुसार जबरजस्ती करणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले जिल्ला अदालतबाट पूर्ण फैसला नभएसम्म कारागार चलान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयले २४ दिन हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान गरी सरकारी वकिलमार्फत आफ्नो मागदाबी सहित मुद्दा अदालतमा पेश गरेको थियो ।  शुक्रबार अदालतले वडा अध्यक्ष शाहीलाई कारागार चलानको आदेश दिएको हो ।

वडा अध्यक्ष शाहीले खाँडाचक्र नगरपालिका वडा नं. ६ निवासी १६ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गरेको निष्कर्ष  प्रहरीले निकालेको छ । वडा अध्यक्ष जगधीश शाहीकी बहिनी नाता पर्ने किशोरीलाई पहिलो पटक २०७४ सालमा विद्यालयबाट घर जाँदै गर्दा बीच बाटोमा वडा अध्यक्षले आफ्नै घरमा लगेर बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ । जतिबेला किशोरी १३ वर्षकी थिइन्।

दोस्रो पटक २०७६ साल भदौ १७ गते किशोरीकै घरमा दिउँसो कोही नभएको मौका छोपी बलात्कार भएको प्रहरीले दाबी छ। पीडित किशोरीलाई दुई पटक बलात्कार नै भयो । कैयौँ पटक बलात्कार प्रयास भएको छ ।’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भन्छन्–‘किशोरी पढ्ने विद्यालयको क्यान्टिनमा खाजा खुवाउने, पैसाको लोभ देखाउने, माया देखाउनेजस्ता व्यवहारले किशोरी वडा अध्यक्षसँग नजिकिएको र त्यसैकै फाइदा उठाएर किशोरीमाथि पटक–पटक बलात्कार गरेको अनुसन्धानमा खुलेको छ ।’

किशोरीलाई शाहीले एक पटक ६४० रुपैयाको घडी मोल्फा बजारबाट किनेर ल्याइदिएको, त्यो घडी किशोरी साथीलाई दिएको, पटक-पटक पैसा दिन खोजे पनि किशोरीले लिन नमानेको जस्ता विषय अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।  पीडित किशोरी र वडा अध्यक्ष शाहीको मेडिकल रिपोर्ट आएको छैन् । परीक्षणका लागि नमुना विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार