देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बहुमतको सरकारको दाबी गर्ने कांग्रेसको निर्णय

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – नेपाली कांग्रेसले सबै दलहरूसँग छलफल गरेर राष्ट्रपतिसमक्ष बहुमतको सरकारको दाबी गर्ने निर्णय गरेको छ ।

आज बसेको पूर्व र वर्तमान पदाधिकारीको बैठकले जनता समाजवादी पार्टी (जसपा) र एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग समेत सरकार निर्माणका बारेमा छलफल गर्ने निर्णय गरेको हो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजो नै संविधानको धारा ७६ को २ अनुसारको प्रक्रिया अघि बढाउन राष्ट्रपतिसमक्ष आह्वान गरेको अवस्थामा कांग्रेसले जसपा एकजुट भएर कांग्रेस नेतृत्वको सरकारमा सहभागी होस् भन्ने चाहेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि बैशाख ३० गतेसम्मको समय दिएको भन्दै सहमहामन्त्री महतले भने, ‘पर्सीसम्म परिस्थिति परिवर्तन हुनसक्छ । एमालेभित्रको असन्तुष्टि पनि देखिएको छ । जसपा पनि कांग्रेस नेतृत्वको सरकारमा आउने प्रशस्त सम्भावना छ । माओवादी केन्द्र आइसकेको छ । तीन दल एक ठाउँमा आए भने बहुमत हुन्छ । त्योभन्दा बाहिर पनि संख्या पुग्न सक्ने अवस्था छ ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार