देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बहुराष्ट्रिय कम्पनी डाबरले नेपालमा ९ अर्बबढि लगानी थप्ने

0

काठमाडौं – बहुराष्ट्रिय कम्पनी डाबरले नेपालमा थप ९ अर्ब ६८ करोड रुपैयाँ लगानी थप गर्ने निर्णय गरेको छ।

बिहिबार भएको सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका विजनेश हेड हरकितसिंह बेदीले उद्योगमन्त्री रमेश रिजालको उपस्थिति हस्ताक्षर गरेका हुन्।

उद्योगको क्षमता अभिवृद्धि गर्ने तथा विविधिकरणका उद्देश्यले बोर्डले थप लगानी स्वीकृत गरेको थियो। बोर्डको २०७८ माघ २५ गते बसेको ४९ बैठकले लगानी स्वीकृतको निर्णय गरेको थियो। बजार विस्तारका लागि कम्पनीले लगानी थप गरेको हो।

डाबर नेपालका विजनेश हेड बेदीले नेपालमा आर्जित रकम यहीँ लगानी गरी पुँजी वृद्धि गर्न पाउँदा खुसी भएको बताए।

त्यस्तै बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले डाबर नेपालको थप लगानी गर्ने निर्णयले अन्य लगानीकर्ताको नेपालप्रति विश्वास र भरोसा बढाएको बताए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार