देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बाँकेमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

0

बाँके – नेपालगञ्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा उपचारका क्रममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका क्रममा नेपालगञ्ज उपमहानगरपालिका-३ एकलैनी निवासी ५२ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

५२ वर्षीय ती पुरुष श्वासप्रश्वासमा समस्या भएपछि असोज ६ गते राति ११ बजे कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार ६ गते नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकको फोक्सोमा निमोनिया हुनुको साथै उच्च रक्तचाप समेत देखिएको श्रेष्ठले बताए । उपचारका क्रममा शुक्रबार बिहान २:२५ बजे उनको मृत्यु भएको बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार