देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बाँकेमा क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

0

(नेपालगञ्ज) – बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । गत बैशाख ३० मा भारतको मुम्बईबाट आएर नरैनापुरस्थित दिपेन्द्र माविको क्वारेन्टाइनमा बस्दै आएका २५ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो ।

शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको थियो । नतिजा आइनसकेकाले उनको मृत्यु कोरोना भाइरसले भएको हो या होइन भन्नेमा पृष्टि हुन बाँकी छ ।

बिहान एक्कासी स्वास्थ्यामा समस्या आएपछि क्वारेन्टाइनमै उनको मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए । बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि पीपीई नभएका कारण चालकले नेपालगञ्ज लैजान नमानेको स्थानीयले जानकारी दिएका छन् ।

पहिलो चरणमा नरैनापुरका विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएका र संक्रमितको सम्पर्कमा आएका २८४ जनाको स्वाब संकलन गरिँदैछ । भारतबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले अन्यत्र फैलिन नदिन सजगता अपनाइएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनले भारतबाट आएका नागरिकबाट कोरोनाको जोखिम रहेकाले परीक्षण गर्न गराउन गाउँपालिकावासीलाई आग्रह समेत गरे ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार