देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

0

बाँके – नेपालगञ्जस्थित भेरी अस्पतालमामा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोल घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका-९ बाँके गाउँमा डेरा गरी बस्ने २५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

उपचारका क्रममा शुक्रबार साँझ ४ बजेर ४५ मा उनको मृत्यु भएको स्वास्थ्य कार्यलय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

कोरोना संक्रमणको आशंकामा गत भदौ ३० गते पीसीआर परीक्षण गरिएकोमा सोही दिन उनमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि संक्रमण पुष्टि भएकै दिन उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको दुुवै साइडको फोक्सोमा निमोनिया थियो ।

उनलाई प्लाज्मा थेरापी विधि र रेमडेसिभिरको प्रयोग गरी उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि शुक्रबार बिहान ११ बजे भेन्टिलेटरमा सारिएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार