देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बाँके कांग्रेस सभापतिमा गौडेल निर्वाचित

0

काठमाडौं – नेपाली कांग्रेस बाँके सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित भएका छन् । संस्थापन इतर समूहका गौडेल  ७६० मतका साथ सभापतिमा विजयी भएका हुन् ।

दोस्रो चरणको निर्वाचनबाट उनका प्रतिद्वन्द्वी बादशाह कुर्मीलाई ९७ मत अन्तरले  पराजित गर्दै गौडेल सभापतिमा निर्वाचित भएका हुन् । गौडेलले ७६० मत ल्याउँदा उनका प्रतिद्वन्दी कुर्मीले ६६३ मत ल्याएका थिए ।

शुक्रबार भएको दोस्रो चरणको मतदानमा कुल १४ सय ९३ मतादातामा १४ सय ३९ जनाले मतदान गरेका थिए  ।

सभापतिको बिहीबार भएको पहिलो चरणको मतगणनामा गौडेलले ५६९ मत ल्याएर पहिलो भएका थिए भने कुर्मीले ५३८ र संस्थापन समूहकै सुरेन्द्र हमालले ३१४ मत प्राप्त गरेका थिए ।

प्रतिस्पर्धाबाट बाहिरिएका हमालले संस्थापन इतरका गौडेललाई समर्थन गरेपछी उनि निर्वाचित भएका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार