देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

0

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रोपटक विश्वासको मत पाएका छन्।

१०८ सांसद उपस्थित सोमबारको प्रदेशसभा बैठकमा भएको मत विभाजनमा उनको पक्षमा ५६ मत पर्‍यो। विपक्षमा ३७ र तटस्थ १५ सांसद रहे। बागमती प्रदेशसभामा ११० सांसद छन्।

उनलाई माओवादी केन्द्र, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी (हानेपा)का सांसदले विश्वासको पक्षमा मत दिएका थिए। हानेपाका दुई सांसदमध्ये सरिता खड्गी भने अनुपस्थित रहिन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले जम्कट्टेलको विपक्षमा मतदान गरे। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद भने तटस्थ रहेका थिए।

माओवादी संसदीय दलका नेता जम्कट्टेल २०७९ पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले यसअघि ०७९ माघ ३ गते र सोही वर्षको चैत १० गते दोस्रोपटक विश्वासको मत लिएका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार