देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बागमतीमा मन्त्रिपरिषद् विस्तार, थप दुई मन्त्रीको सपथ

0

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद बिस्तार गर्दै थप दुई सदस्यहरु नियुक्त गरेका हुन् ।

बिहिबार बिस्तार गरिएको मन्त्रीपरिषदमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने काँग्रेसका नीमा लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

पाण्डे गत कार्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन ३ जना मन्त्रीहरु नियुक्त गरेका पाण्डेले कार्तिक २२ गते विश्वासको मत लिएका छन् ।

त्यस्तै छिट्टै अन्य मन्त्रालयलाई समेत पूर्णता दिने तयारी गरिएको बताइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार