देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बागमतीमा सरकार टिकाउन मन्त्रालयकाे सङ्ख्या बढाइयो

0

काठमाडौं – वागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरिएको छ ।

नेकपा एकीकृत समाजवादीबाट मन्त्री नियुक्त भएकी बिनाविभागीय मन्त्री रमा आलेमगरलाई जिम्मेवारी दिनका लागि उक्त मन्त्रालय टुक्र्याएर युवा तथा खेलकुद मन्त्रालय बनाउने बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

गत वैशाख २० गते मन्त्री नियुक्त भएकी आलेमगरले ४३ दिन पछि विभागीय जिम्मेवारी पाएकी हुन् । जिम्मेवारी पाएलगत्तै उनले मन्त्रालय व्यवस्थापन र बजेट तथा कार्यक्रम निर्माणमा भूमिका खेल्ने बताइन् ।

सामाजिक मन्त्रालय फुटाएसँगै मन्त्रालयको संख्या १३ पुगेको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खर्च कटौतीका लागि मन्त्रालयको संख्या यसअघि १४ बाट घटाएर १२ कायम गरेका थिए । उनले आफ्नो सरकार जोगाउन फेरि मन्त्रालयको संख्या थपेका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार