देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित)

0

काठमाडौं – बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

देश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखेको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रममा केही नयाँ योजनाहरू समावेश भएका छन्।

प्रदेश सरकारले आर्थिक वर्ष ०८१-८२ का लागि केही महत्त्वपूर्ण विषय नीति तथा कार्यक्रममा समावेश गरेको छ। प्रदेश सरकारले आगामी १० वर्ष (०८१-८२ देखि ०९०-९१)लाई लगानी दशकको रूपमा अभियान सञ्चालन गर्ने रणनीतिअनुसार प्रादेशिक लगानी बोर्ड गठन गर्ने भएको छ।

हिमाली खानेपानीको निर्यात गर्ने, महिलामैत्री सार्वजनिक यातायात सेवा, आइटी कार्यस्थलको विकास गर्ने सरकारको नीति तथा कार्यक्रम रहेको छ। प्रदेश सरकारले गृहिणी महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गर्ने, नमुना वडा समाजवादी कार्यक्रम सञ्चालन गर्ने, समुदायमा आधारित एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

साथै, प्रदेश सरकारले सबै नीतिमा स्वास्थ्य नीति लागू गर्ने, प्रदेश गौरवको आयोजना व्यवस्थित गरी कार्यान्वयन गर्ने, एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रमलाई बिस्तार गर्दै स्थानीय तहसँगको समन्वयमा समुदायसम्म सञ्चालन गर्ने जनाएको छ ।

https://drive.google.com/file/d/1_03CYSH0Q79rRwNPYk9BS75ouoT7WaC2/preview

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार