देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

“बागमती प्रदेशको राजधानी सार्ने मुद्दा बोक्नेलाई भोट दिन्छु” – शेर्पा

0

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका अध्यक्ष एवं नेपाली काँग्रेस केन्द्रिय महाधिबेशन प्रतिनिधी निमा ग्याल्जेन शेर्पाले बागमति प्रदेशको राजधानी हेटौंडा बाट सार्ने एजेण्डा बोक्ने नेतालाई मतदान गर्न काँग्रेस महाधिबेशन प्रतिनिधी हरुलाई आव्हान गरेका छन् ।

बागमती प्रदेशमा रहेका १३ जिल्लामध्ये अधिकांश जिल्लालाई पायक नपर्ने ठाउँमा षडयन्त्र गरेर जबर्जस्ती रुपमा बागमती प्रदेशको राजधानी हेटौंडा कायम गरिएको भन्दै अध्यक्ष शेर्पाले भने “जसले आम बागमती प्रदेशमा बसोबास गर्ने नागरिकहरुको भावनालाई समेटेर मकवानपुरको हेटौंडाबाट राजधानी सारेर सबैलाई पायकपर्ने स्थानमा ल्याउने एजेण्डा अघि सार्छ उसैलाई साथ दिन हामी तयार छौं ।”

तत्कालीन अवस्थामा केहि सिमित व्यक्तीहरुको स्वार्थको कारण एमालेको एजेण्डामा सहमती जनाउँदै काँग्रेसका निश्चित नेताहरुले गैरजिम्मेवारी निर्णय लिएकोभन्दै काँग्रेस केन्द्रिय महाधिबेशन प्रतिनिधी शेर्पाले भने ‘बागमती प्रदेशको राजधानी कुनैहालतमा हेटौंडा हुनै सक्दैन ।’

“अब काँग्रेसको सरकार बनेको खण्डमा बागमती प्रदेशको राजधानी सबैलाई पायकपर्ने स्थानमा ल्याउने मुद्दा जसले बोक्छ म उसलाई भोट दिन तयार छु ।” उनले अगाडी भने “यदी अरु कसैले यो मुद्दा उठाउन सक्दैन भने पार्टिले विश्वास गरेर काँग्रेस महाधिबेशन प्रतिनिधीले साथ दिएको खण्डमा म यो एजेण्डाकासाथ बागमती प्रदेशलाई मुलुककै नमुना प्रदेश बनाउने बिकासको खाका लिएर मैदानमा जान तयार छु ।”

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार