देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बागमती प्रदेशको सभापतिमा ईन्द्र बानियाँको उम्मेद्धवारी

0

काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्रबहादुर बानियाँले पार्टीको बागमती प्रदेश सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बानियाँले आफ्नो उम्मेद्धवारी घोषणा गरेका हुन । उनको उम्मेद्धवारीको प्रस्तावकमा नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा र समर्थकमा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा रहेका थिए ।

बानियाँले बागमती प्रदेशको उन्नती र प्रगतिको लागि आफूले सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास दिलाए । उनले भने,‘कांग्रेसलाई जनमुखी बनाउन र सबैलाई आफ्नो पार्टी भन्ने विश्वास दिलाउनको लागि पनि हामीले भोलिका दिनमा अझै सशक्त भूमिका खेल्नुपर्नेछ।’

उनले कांग्रेसले लिएको विचार र नीतिका कारण आज पार्टीमा ठूलो उभार र लहर आएको पनि विश्वास दिलाउँदै भने, ‘अब कांग्रेसले आन्दोलन र क्रान्तिलाई विश्राम गर्दै शान्ति र समृद्धिको नेतृत्व गर्नुपर्छ । पार्टीले यो अभियान थाल्नुपर्छ ।’

उनले बागमती प्रदेशमा रहेका ५५ लाख जनताको सुख, सुमृद्धिको लागि आफूले दत्तचित्त भएर काम गर्ने पनि बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार