देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बागमती प्रदेशमा एमालेका थपलिया बने आर्थिक मामिलामन्त्री

0

काठमाडौं – नयाँ गठबन्धन बनेसँगै वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई शनिबार मुख्यमन्त्री जम्कट्टेलले आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री थपलियाले शनिबार साँझ प्रदेश प्रमुख यादव शर्मासमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । यो सँगै नयाँ गठबन्धनमा एमाले सरकारमा सहभागी भएको छ ।

थपलियालाई दोस्रो पटक आर्थिक मामिला मन्त्रीको रुपमा शपथ गराएका हुन् । उनी प्रदेशको निर्वाचनपश्चात् एमाले–माओवादी गठबन्धन हुँदा आर्थिक मामिलामन्त्री भएका थिए ।

यसअघि गत २६ पुस २०७९ मा पनि मुख्यमन्त्री जम्कट्टेलले थपलियालाई अर्थमन्त्री नियुक्त गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार