देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बागमती प्रदेशमा थपिएका ५ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ

0

हेटौंडा – बागमती प्रदेशमा थपिएका ५ मन्त्री र १ राज्यमन्त्री शपथ ग्रहण गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट ५ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्रीसहित १ राज्यमन्त्रीले सपथ लिएका हुन् ।

मंगलबार साँझ प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख यादव शर्माले नवनियुक्त मन्त्री र राज्य मन्त्रीलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।

माओवादीबाट घनश्याम दाहाल श्रम रोजगार तथा यातायात, विशाल खड्का वन तथा वातावरण र रत्नप्रसाद ढकाल युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

नेकपा एसबाट बसन्तकुमार मानन्धर खानेपानी, उर्जा तथा सिँचाई र बसुन्धरा हुमागाईं कृषि तथा पशुपन्छी मन्त्री बनकी छन् भने कृषि तथा पशुपंछी राज्यमन्त्रीमा नेकपा एसकै इन्द्रमाया गुरुङले सपथ ग्रहण गरेकी छन् ।

यससँगै प्रदेशमा मन्त्रायलको संख्या १४ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार