देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बागमती प्रदेशमा २ हजार ७५ बेडसहितको क्वारेन्टाइन

0

(हेटौंडा) – बागमती प्रदेशमा आइतबारसम्म २ हजार ७५ बेडको क्वारेन्टाईन निर्माण गरिसकेको छ । ५ सय ८९ वटा बन्ने क्रममा छ । क्वारेन्टाइनमा ३ सय २५ जना रहेका छन् । काठमाडौं उपत्यका बाहेक प्रदेशका १० वटा जिल्लामा ६ सय २३ बेडको आईसोलेसन निर्माण गरिसकेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले बताए ।

१ सय ७२ वटा तयारीको अवस्थामा रहेका छन् । हाल आईसोलेसनमा २० जना उपचार गराईरहेका छन् । यसैगरी १ सय ४८ बेडको आईसीयु तयार भईसकेको भने २३ वटा वन्ने क्रममा छ । स्वाब परीक्षण गर्न ८३ जनाको पठाएकोमा ६५ जनाको रिपोर्ट आएको छ । सबैको रिपोर्ट नेगेटिभ रहेको छ । अरु बाँकी रिपोर्ट आउने क्रममा छ ।

यसैगरी केही स्थानीय तहले दैनिक ज्यालादारी गरेर परिवार पाल्नेहरुलाई खाद्यान्न पनि वितरण गर्न थालेका छन । हेटौंडा उपमहानगरपालिकाले निर्माण मजदुरलाई खाद्यान्न वितरण गरेको छ । अन्य पालिकाहरुले लकडाउनका कारण खाद्य समस्या भएकाहरुको तथ्याङ्क संकलन गरिरहेका छन् । हेटौंडा उपमहानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन मुख्य बजार क्षेत्रमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किन सुरु गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार