देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बागमती प्रदेशसभा बैठक स्थगित गरिएकोमा नेपाली कांग्रेस संसदीय दलको असहमति

0

हेटौंडा – बागमती प्रदेशको प्रदेशसभा बैठक एकाएक सहमति विपरीत सूचना टाँसेर स्थगित गरिएकोमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले असहमति जनाएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव मा. निमा लामाले बुधबार एक विज्ञप्ति जारिगर्दै राजनीतिक सहमतीका लागि सत्तारुढ दल नेकपाका दुबै समूह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मंगलबार प्रदेश सचिवालयमा भएको बैठकमा प्रदेशसभा सञ्चालन गर्ने सहमति भएकोमा बुधबार बिहान सूचना टाँसेर स्थगित गरिएकोमा कांग्रेसको असहमति रहेको जनाएका छन् ।

“नेपाली कांग्रेस संसदमा टेबुल भएको अविश्वासको प्रस्तावमाथिको छलफल अघि बढाउनुपर्ने पक्षमा रहेको अवगत गराउन चाहन्छ ।” विज्ञप्तिमा भनिएको छ ” नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल यस्तो कार्यप्रती गम्भीर असहमति जनाउँदै आगामी दिनमा यस्तो नहोस् भन्नेतर्फ सभामुख सँग आग्रह गर्दछ ।”

 

No description available.

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार