देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बागलुङका ६ जनामा कोरोना संक्रमण पुष्टि

0

(बागलुङ) – भारतबाट आएका बागलुङका ६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।

एकसाता अघि भारतबाट नेपाल आएका तमनखोला गाउँपालिकाका ४ र बडिगाड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो । गाउँपालिका र जिल्ला संकट व्यवस्थापन केन्द्रले उद्दार गरेर उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

साता अघि आएका मध्ये ८ जनालाई तमानखोला गाउँपालिका–३ को धनगौज्योती मावि क्वारेन्टाइनमा राखिएको अध्यक्ष जोकलाल बुढाले बताए ।

८ जना मध्ये ४ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार