देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बागलुङमा थप एक महिलाको रिपोर्ट पोजेटिभ

0

बागलुङ, भारतमा तीर्थयात्रामा गएर फर्केकी एक ६५ वर्षीया महिलाको र्‍यापिड डायग्‍नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परिक्षणमा पोजेटिभ रिपोर्ट आएको छ । काठेखोला गाउँपालिकामा आइतबार  गरिएको परीक्षणको क्रममा वडा नं. ६ बाट आएकी ती महिलाको रिपोर्ट पोजेटिभ देखिएपछि तत्कालै क्‍वारेन्टाइनमा राखेर स्वाब परीक्षणको तयारी गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

लकडाउन भन्दा केहि समय अघि तिर्थाटनको लागि उनी लगायतको एक समुह भारतको गया गएको बुझिएको छ । उनिसँग तिर्थ गएका अरुकोपनि खोजी भइरहेको गाउँपालिका अध्यक्ष अमर थापाले बताए। उनको घर परिवार कासाथै सम्पर्कमा रहेकाहरुको पनि पहिचान गरी स्वाब परीक्षण गर्न लगाउने उनले बताए।

यश काठेखोला गाउँपालिकामा ४४ जना भारतबाट आएका र ८ जना अन्य देशबाट आएकाहरुको आरडीटी किटबाट कोभिड-१९ परीक्षण गरिएको थियो। उनको स्वाब संकलन गरेर तत्काल पोखरा पठाइने धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए। स्वाब परिक्षण पछी मात्रै कोरोनाको आधिकारिक पुष्टि हुने डा. पोखरेलले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार