देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बाजुराको प्रदेश सभा २ मा कांग्रेसका शाही निर्वाचित

0

काठमाडौं – बाजुरा प्रदेशसभा (२) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही २० हजार एक सय १९ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार नवनिर्वाचित प्रदेशसभा सदस्य शाहीले एमालेका उम्मेदवार थापालाई दुई हजार पाँच सय ९८ मतले पराजित गरेका हुन्।

उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका लाल बहादुर थापा नेकपा एमालेका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद् हुन्।

उक्त निर्वाचन क्षेत्रमा ५३ हजार छ सय २६ मतदाता सङ्ख्या रहेको छ। तीमध्ये ३८ हजार सात सय ९५ मत खसेको थियो।

कार्यालयले शनिबार बेलुकी प्रदेशसभा–१ को मतपरिणाम सार्वजनिक गरिसकेको छ। प्रदेशसभा–१ का नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार नरेशकुमार शाहीले एमालेका उम्मेदवार बलदेव रेग्मीलाई पराजित गर्दै निर्वाचित भइसकेका छन्।

प्रतिनिधिसभा सदस्यको मतगणना भने जारी रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार