देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बाढीका कारण अलपत्र परेका गर्भवती महिलाको उद्धार

0
<p>फोटो अनिश तिवारी</p>

फोटो अनिश तिवारी

सिन्धुपाल्चोक – मेलम्ची नदिको बाढीका कारण अलपत्र परेका तिनजना गर्भवती महिलाको उद्धार गरिएको छ । ती महिलालाई जस्ट नेपाल नामक संस्थाले हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगेको हो ।

मेलम्ची बाढीले सडक र पुल बगाएपछि उपचार अभाव भएका तीन गर्भवती महिलाको उद्धार गरिएको जस्ट नेपालका अध्यक्ष गोपाल लामाले जानकारी दिए ।

उद्धार गरिएकामा हेलम्बु गाउँपालिका हल्देकी २४ वर्षिया कान्छीमाया शेर्पा, किउल तिम्बुकी ३८ वर्षिया अर्चना ढुङगेल र ३९ वर्षिया सरिता तामाङ छन् । उनीहरूको काठमाडौस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको संस्थाका प्रमुख गोपाल लामाले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार