देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बामदेव गौतमले भने- नेकपा फुट्नुमा मेरो दोष थियो

0

काठमाडौँ – बामपन्थी नेता बामदेव गौतमले तत्कालीन नेकपा जोगाउन नसक्नु आफ्नो पनि गल्ती भएको बताएका छन्।

उनले आज राजधानीमा नेकपा एकता राष्ट्रिय अभियानको राष्ट्रिय भेलामा सम्बोधन गर्दै तत्कालीन नेकपा फुट्नुमा केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’दुवैको दोषी भएको बताएका हुन्।

उनले प्रधानमन्त्रीमाथि अविश्‍वास प्रस्ताव लैजानु प्रचण्डको दोष र संसद् विघटन गर्नु ओलीको दोष भएको बामदेवले बताएका छन्। उनले आफू सुरुवातबाटै तटस्थ बसेको भए विभाजित नहुने बताए।

उनले प्रचण्डले पार्टीमा बुझाएको (प्रतिवेदन) ‘आरोपपत्र’ फिर्ता नलिएको कारण पार्टी विभाजन भएको उनले बताए।

तर आफू विभाजनप्रति नभई एकताको पक्षमा उभिएको सुनाए। यसका लागि नेकपाका सचिवालय सदस्य सबैले विचार पुर्‍याउन नसकेको बामदेवको जिकिर छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार