देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बाराको त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप हुँदा १३ प्रहरी घाइते

0

काठमाडौं – बाराको जितपुर सिमरा उपमहानगरपालिका-९, छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा बिहीबार प्रहरी र मजदुरबीच झडप हुदा १३ जना प्रहरी घाइते भएका छन्।

दसैंमा बोनस नदिएको भन्दै मजदुरहरूले उद्योगभित्रै बन्धक बनाएर राखेका व्यवस्थापक सहितका १३ जना कर्मचारीलाई उद्धार गर्न बिहीबार दिउँसो प्रहरी उपरीक्षकसहित गएका प्रहरी र मजदुरबीच झडप भएको हो।

झडपका क्रममा प्रहरीले ३१ राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो भने सटगनबाट एक राउण्ड हवाइ फायर गर्नु परेको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।

उद्धार गर्न गएको प्रहरी टोलीमाथि मजदुरहरूले आक्रमण गर्दा १३ जना प्रहरी घाइते भएको उनले बताए। तीमध्ये गम्भीर अवस्थाका दुई प्रहरीको वीरगन्जमा र बाँकी ११ प्रहरीको सिमरामा उपचार भइरहेको उनले जानकारी दिए।

मजदुरहरूले उद्योगका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शर्मा, महाप्रबन्धक, प्रशासन अधिकृतसहित पाँच जना व्यवस्थापक र आठ कर्मचारी गरी १३ जनालाई बुधबार दिउँसोदेखि नै उद्योग परिसरमा रहेको प्रशासनिक भवनभित्र थुनेर बन्धक बनाएका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार