देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बालक अपरहण गरेको अभियोगमा एक पक्राउ

0

(बारा) – बालक अपहरण गरेको अभियोगमा बाराबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । १० वर्षीय बालकलाई अपरहण गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

साथै अपहरणमा परेका ती बालकको कलैया उपमहानगरपालिका-२४ श्रीपुरस्थित सडकबाट आइतबार प्रहरीले उद्दार समेत गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका-१४ गण्डक बहुअरी बस्ने रमेश राम र बारा प्रसौनी गाउँपालिका(५ प्रष्टोका बस्ने राजु राम रहेका छन् ।

गत शुक्रबार आफू पढ्ने स्कुलमा सरस्वती पूजाको बिसर्जन गर्न गएका ति बालक घर नफर्किए पछि परिवारले प्रहरीमा खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा रामले अपहरणका मुख्य योजनाकार राजुलाई बुझाउन लाँदै गरेको अवस्थामा फेला पारी बालकको उद्दार गरेको हो ।

रामलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनकै मामा राजुले बालकलाई ललाइफकाई अपहरण गरी ल्याउनु भनी नगद ५० हजार रुपैयाँ दिन्छु भनेपश्चात अपहरण गरेको खुल्न आएको थियो । उनीहरु उपर अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार