देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँँदै

0

काठमाडौं – राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने तयारी गरेको छ ।

सरकारले सबै अभिभावकलाई आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि अनिवार्य खुवाउन आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा  कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। तर, यस वर्ष कात्तिक २ र ३ मा दसैँ परेका कारण पहिलो चरणको कार्यक्रम आज र भोलिका लागि तय गरेर सञ्चालन गर्न लागेको हो।

मन्त्रालयका अनुसार दुई दिने अभियान अन्तर्गत ६ महिनादेखि ५९ महिनाका करिब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ भने १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको छ।

कार्यक्रम लागि देशभर ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार