देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बालुवाटारमा ओली र दाहालले सांसदसँग छुट्टा-छुट्टै छलफल गर्दै

0

(काठमाडौँ) – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संघीय संसद्का सांसदहरूसँग छुट्टा-छुट्टै छलफल गरिरहेका छन् ।

अध्यादेश जारी गरेपछि विवाद भइरहेका बेला कोरोना संक्रमण विरुद्धको काम लगायत बारेमा प्रदेश अनुसार फरक–फरक समयमा सांसदहरूलाई बालुवाटार बोलाएर अध्यक्ष ओली र दाहालले छलफल थालेका हुन् ।

सम्बन्धित प्रदेशभित्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई छलफलमा बोलाइएको हो । बुधबार बिहान ११ बजेबाट प्रधानमन्त्रीले सांसदहरूसँग छलफल थालेका हुन् ।

अहिले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग प्रधानमन्त्रीले छलफल गरिरहेका छन् । दिउँसो १ बजेका लागि राष्ट्रिय सभामा नेकपाका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई बोलाइएको छ भने ४ बजे प्रदेश ५ का सांसदहरूलाई बोलाइएको सांसदहरूले जानकारी दिएका छन् ।

सबै सांसदलाई एकैपटक राखेर बैठक गर्दा धेरै ठूलो भिड हुने भएकाले अलग अलग प्रदेशबाट बोलाइएको हो । छलफलमा प्रधामनन्त्री ओली, अध्यक्ष दाहाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत नेताहरु सहभागी छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार