देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बालुवाटारमा प्रधानमन्त्री दाहाल, ओली र देउवाबीच भेटवार्ता

0

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। 

शनिबार साँझ उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो। छलफलमा शान्ति प्रक्रियालाई टुंग्याउने र संवैधानिक परिषद्को विषयमा बैठक केन्द्रित भएको स्रोतले बताएको छ। 

गठबन्धन भत्किएपछि कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै निरन्तर सदन अवरुद्ध पार्दै आएको छ। संसदलाई प्रभावकारी बनाउने विषयमा पनि उनीहरूबीच छलफल भएको स्रोतको दाबी छ। 

नयाँ सत्ता समीकरण भएपछि भएको तीन शीर्ष नेताको पहिलोपटक भेटवार्तालाई राजनितिक वृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ। 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार