देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बालुवाटारमा राजनीतिक समन्वय समितिको बैठक

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ। गठबन्धनले गठन गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको राजनीतिक समन्वय समितिको बैठक बिहिबार बिहान बसेको हो।

संयोजक पौडेलसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल लगायतका गठबन्धनबाट समितिमा रहेका नेताहरू बैठकमा सहभागी छन्।

राष्ट्रिय सभा सदस्य निर्वाचन, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न उक्त समितिको बैठक बसेको स्रोतले जानकारी दियो।

संयोजक पौडेलले बुधबार बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। संसद अवरोध नगर्न पौडेलले अध्यक्ष ओलीसँग माग गरेका थिए। सोहि भेटमा भएका कुराकानीका बारेमा पौडेलले जानकारी गराएपछी बैठकले गतिरोधकालागी केहि निर्णय लिने स्रोतको दाबी छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार