देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बालेनको चेतावनीपछि महानगरका गाडी चारजना चालक छुटे

0

काठमाडौं – काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने गाडीका चारजना चालक छुटेका छन् ।

मेयर बालेन शाहले सामाजिक सञ्जालबाट नियन्त्रणमा लिइएका चालकहरूलाई स–सम्मान रिहा गरिएको जानकारी गराएका हुन् ।

‘जो कोहीले यति बुझ्नुहोला– पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाडौं महानगर यसमा संवेदनशील छ,’ उनले भनेका छन् ।

महानगरले आफ्ना कर्मचारीमाथि हुने अनाहकको अपमान नसहने बालेनको भनाइ छ । ‘अझ आफ्नो कर्तव्य निभाइरहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन । बुझेर कदम चाल्नुहोला,’ उल्लेख गरेका छन् ।

यसअघि उनले फेसबुकबाटै चालकलाई रिहा नगरेसम्म सिंहदरबारको, पार्टीहरूको कार्यालयको र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार