देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बालेनले तोके राजेन्द्र लिङ्देनलाई ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना

0

काठमाडौं – काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना तोकेको छ ।

राप्रपाले चैत २७ गते भृकुटीमण्डप केन्द्रित आन्दोलनको कार्यक्रम गर्दा जताततै फोहर गरेकोले र ट्राफिक आइल्याण्डमा क्षति पुर्याएकोले यो जरिवाना गरेको हो ।

बालेन शाह मेयर रहेको काठमाडौँ महानगरपालिकाले राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना बैंक दाखिला गर्न पत्र पठाएको छ । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम ट्राफिक आइल्याण्डमा पुगेको क्षतिको मर्मत गर्न २२२ रुपैयाँ ८१ पैसा र आन्दोलनका क्रममा जताततै फोहर गरेकोले फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३९ (१) बमोजिम ५ हजार रुपैयाँ जरिवाना तोकिएको पत्रमा उल्लेख छ । 

पत्रमा क्षतिपूर्ति र जरिवानाबापतको रकम बैंक दाखिला गर्न खाता नं. उपलब्ध गराइएको महानगरपालिकाले जनाएको छ । 

पार्टीले चैत २७ गते भृकुटीमण्डप केन्द्रित आन्दोलनको कार्यक्रम गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार