देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बालेन काठमाडौंको मेयर हो कि पुलिस अड्डाको हवल्दार हो ?- सुर्य थापा

0

काठमाडौं – नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई एमालेसँगको सिँगौरी महँगो पर्ने बताएका छन् ।

शनिबार नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेको नेतृत्वमाथि लान्छना लगाउने कोशिस निकै महँगो पर्ने बताएका हुन् ।

उनले बालेनलाई आफ्नो मर्यादामा बस्न अनुरोध गर्दै भने । ‘एमालेसँग सिँगौरी खेल्दा तथ्य प्रमाणविना, एमालेको नेतृत्वमाथि लान्छना लगाउने कोशिस उनको निम्ति धेरै महँगो सावित हुन्छ । उनी आफ्नो मर्यादामा बस्नुपर्छ ।’

एमाले नेता थापाले भने बालेनले सीमा नाघेको देख्छु । उहाँ काठमाडौंको मेयर हो कि पुलिस अड्डाको हवल्दार हो ? उहाँले कुनै विषयमा बोल्नका निम्ति तथ्य, प्रमाण चाहिन्छ कि चाहिँदैन ? क–कसले उहाँलाई दुरुपयोग गरेका छन् ?’

पछिल्ला टिप्पणीहरुले बालेनलाई मेयरको मर्यादाबाट नाश गरिरहेको उनको भनाइ छ । उनले तथ्य र प्रमाणविना एमाले र एमालेको नेतृत्वसँग होक्काँ नगर्न (नडुक्रिन) आग्रह गरे ।’

उनले भने, ‘बालेन शाहजीलाई मेरो सुझाव छ । तथ्य, प्रमाणविहीन होक्काँ गर्नु उचित होईन । बालेन शाहजीले यो कुरामा ध्यान दिनुपर्छ । बालेन शाहकै छेउमा उनले भन्दा बढी भेट पाएर निर्वाचित नेकपा (एमाले) की उपमेयर सँगै हुनुहुन्छ भन्ने हेक्का राख्नुपर्छ ।’

काठमाडौं महानगरपालिका प्रमुख शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि स्टेटमा १० हजार करोड भ्रष्टाचार गरेको आरोप लगाएका थिए । बालेनको उक्त आरोपलाई एमालेका नेताहरुले निरन्तर रुपमा खण्डन गर्दै आएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार