देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बासमती धानको भौगोलिक हकमा नेपालले दाबी-विरोध गर्ने

0

काठमाडौं – बासमती धानको भौगोलिक हकमा नेपालले दाबी-विरोध गर्ने भएको छ । भारतले बासमती धान र चामलमाथि एकाधिकार माग गर्दै युरोपियन युनियन (इयू) मा आवेदन दिएपछि भौगोलिक हकमा नेपालले दाबी-विरोध गर्ने भएको हो ।

भारतको तर्फबाट इयूमा बासमतीको भौगोलिक संकेत दाबी गर्दै निवेदन परेको छ । भारतले दिएको निवदेनको विस्तृत जानकारी इयूले आफ्नो आधिकारिक जर्नलमा प्रकाशित गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव र सरोकारवाला निकायका पदाधिकारीहरूको बैठकले उक्त निर्णय गरेको कृषि मन्त्रायका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए ।

बासमती धान परापूर्वककालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने र विदेशमा समेत निर्यात हुने भएकाले बासमतीमा नेपालको हक स्थापित हुनुपर्ने भन्दै नेपालले दाबी-विरोध गर्न लागेको हो ।

‘नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रले तोकिएको म्यादभित्र दाबी-विरोध गर्ने निर्णय गरेको छ,’ मन्त्रायका प्रवक्ता हरिबहादुर केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बुधबार बेलुकासम्म दाबी-विरोध पेश गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार