देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बास्कोटालाई कानुनी कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

0

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीको राजीनामासँगै निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाइ कानुनी कारबाहीको माग गर्दै नेविसंघले प्रदर्शन गरेको छ । आज दिउँसो राजधानीको प्रदर्शनी मार्गबाट निस्किएको जुलुस राष्ट्रियसभा भवन नजिकै पुगेर पुन वाल्मीकिमा पुगेर कोण सभामा परिणत भएको थियो ।

उनीहरुले बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै हिजो प्रदर्शनका क्रममा ज्यादति गरेको विरोधमा पनि नेविसंघले प्रदर्शन गरेको छ । हिजो बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्दै गरिएको प्रदर्शनीको क्रममा प्रहरीको लाठी प्रहारबाट नेविसंघका अध्यक्ष राजीव ढुंगाना, महामन्त्री उर्मिला थपलिया, महामन्त्री महेश्वरी कुँवर, महामन्त्री युवराज पाण्डेलगायत विद्यार्थी घाइते भएका थिए । प्रहरीले सरकारको निर्देशनमा आफ्ना साथीहरुमा लाठी बर्साएको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार